नेपाली
यस अक्टोबरमा स्थानीय काउन्सिल (परिषद) को चुनाव हुँदैछ । हामी तपाईंलाई एक मतपत्र प्याक पठाउनेछौं ताकि तपाईं घरमा मतदान गर्न सक्नुहुनेछ ।
यसलाई छोडेर जानुहोस्
यस वर्ष Moira Shire Council मा कुनै चुनाव हुँदैन। तपाईंले मतदान गर्न आवश्यक छैन ।
कसले भोट हाल्न मतदाता नामावलीमा नामाङ्कन गर्न पाउँछ?
स्थानीय काउन्सिलको चुनावमा 2 प्रकारका मतदाता नामाङ्कन हुन्छन्: राज्य मतदाता नामाङ्कन र काउन्सिल मतदाता नामाङ्कन ।
राज्य मतदाता नामावली
तपाईंले नाम दर्ता गरेर मतदान गर्नुपर्छ यदि तपाईं:
- अष्ट्रेलियाको नागरिक हुनुहुन्छ
- 18 वर्ष वा माथिको हुनुहुन्छ
- तपाईंको घरको ठेगानामा एक महिनाभन्दा बढी बस्नुभएको छ ।
यदि तपाईं अष्ट्रेलियाको नागरिक बन्नुभएको छ तर मतदान गर्न नाम दर्ता गर्नुभएको छैन भने, तपाईंले बुधबार 7 अगस्ट दिउँसो 4 बजेसम्ममा नामाङ्कन गर्नुपर्छ ।
धेरै व्यक्तिहरू नागरिकता समारोहहरूमा मतदान गर्न दर्ता भएका छन् । यदि तपाईं मतदान गर्न दर्ता हुनुभएको छ छैन निश्चित हुनुहुन्न? तपाईंले हामीलाई 03 9209 0163 मा फोन गरेर जाँचगर्न सक्नुहुन्छ ।
तपाईं या त मा भोट गर्न अनलाइन नामाङ्कन गर्न सक्नुहुन्छ (अंग्रेजीमा)
आफ्नो विवरण जाँच गर्नुहोस् वा अद्यावधिक गर्नुहोस्
एकपटक तपाईं मतदाता नामावलीमा हुनुभएपछि तपाईंले आफ्नो विवरण अद्यावधिक राख्नुपर्छ । प्रत्येक पटक जब तपाईं घर सर्नुहुन्छ वा तपाईंको नाम परिवर्तन गर्नुहुन्छ, तपाईंले आफ्नो भर्ना विवरणहरू अद्यावधिक गर्न आवश्यक छ ।
यदि तपाईं घर सार्नुभएको छ वा भर्खरै आफ्नो नाम परिवर्तन गर्नुभएको छ भने, तपाईंले बुधबार 7 अगस्ट दिउँसो 4 बजेअघि आफ्नो विवरण अद्यावधिक गर्नुपर्छ ।
तपाईं मा आफ्नो दर्ता अनलाइन अद्यावधिक गर्न सक्नुहुन्छ (अंग्रेजीमा)
काउन्सिल मतदाताको नामावली
स्थानीय काउन्सिलको चुनावमा विशेष नियमहरू हुन्छन् । यदि तपाईं अष्ट्रेलियाको नागरिक हुनुहुन्न, तर तपाईं:
- एक घरसम्पत्तिको मालिक हुनुहुन्छ, ठाउँ ओगटेको छ, वा व्यवसाय चलाउनु हुन्छ र त्यो घरसम्पत्तिमा काउन्सिल कर (रेट्स) तिर्नु हुनुहुन्छ भने
- 18 वर्ष वा माथिको हुनुहुन्छ
- राज्यको मतदाता सूचीमा पहिले नै हुनुहुन्न भने
तपाईं आफ्नो स्थानीय काउन्सिलमा सीधै दर्ता हुन आवेदन दिन सक्नुहुन्छ ।
Melbourne City Council को आफ्नै नियमहरू छन् । यदि तपाईंले मेलबर्न शहरमा घर, अपार्टमेन्ट वा पसल भाडामा लिनुहुन्छ भने तपाईंले मतदानमा दर्ता हुन पनि आवेदन दिन सक्नुहुन्छ ।
तपाईं काउन्सिल - नामांकित मतदाता हुनुहुन्छ हुनुहुन्न जाँच्न वा नामाङ्कनमा आवेदन गर्नको लागि आफ्नो स्थानीय काउन्सिललाई सीधै सम्पर्क गर्नुहोस् । तपाईंले बुधबार 7 अगस्ट दिउँसो 4 बजेअघि काउन्सिलमा दर्ता गर्नुपर्छ ।
तपाईंले मतदान गर्न नामाङ्कन गरिसकेपछि, तपाईंले मतदान गर्नुपर्छ । यदि तपाईंले मतदान गर्नुभएन भने, तपाईंलाई जरिवाना लाग्न सक्छ ।
काउन्सिलको मतदाता नामावलीको बारेमा थप पढ्नुहोस् ।
स्थानीय काउन्सिलको चुनावमा कसरी मतदान गर्ने
हामी तपाईंलाई सोमबार 7 अक्टोबरबाट मतपत्र प्याक पठाउनेछौं ।
मतपत्र प्याकमा निम्न कागजहरू हुनेछन्:
- मतपत्र
- निर्वाचनका लागि उठेका उम्मेदवारहरूको विवरण
- एक मतपत्र खाम (तपाईंले भोट हालेको मतपत्र राख्नको लागि)
- हुलाक टिकट नचाहिने खाम (तपाईंले आफ्नो मतपत्र खाम राख्नको लागि) ।
केही काउन्सिलहरूमा अन्य भाषाहरूमा लेखिएको निर्देशनहरू सहितको पुस्तिका उपलब्ध हुनेछ ।
तपाईंको मत गणनाको लागि तपाईंले आफ्नो मतपत्र सही तरिकाले पूरा गर्नुपर्छ:
- तपाईंले जिताउन चाहनुभएको उम्मेदवारको छेउमा रहेको कोठामा 1 लेख्नुहोस्
- तपाईंको दोस्रो छनौटको उम्मेदवारको छेउमा रहेको कोठामा 2 लेख्नुहोस्
- सबै कोठामा नम्बर नभएसम्म क्रमशः नम्बरहरू लेख्नुहोस्
- नम्बरहरू मात्र प्रयोग गर्नुहोस् ।
Melbourne City Council को विशेष मतदान नियमहरू छन् । यदि तपाईं Melbourne City Council को चुनावको लागि मतदाता नामवकीमा हुनुहुन्छ भने, तपाईंले 2 मतपत्रहरू प्राप्त गर्नुहुनेछ । तपाईंले दुबै मतपत्रहरू भर्नु पर्छ ।
सानो मतपत्रमा नेतृत्व टोली छनौट गर्न तपाईंले आफ्नो छनौट अनुसार क्रमशः सबै कोठाहरूलाई नम्बर लेख्नु पर्छ ।
ठूलो मतपत्र काउन्सिलर (काउन्सिल प्रतिनिधि) को चुनावको लागि हो । तपाईंले आफ्नो प्रतिनिधित्व गर्न चाहेको काउन्सिलरहरूको समूहको लागि लाइन माथि '1' राख्न सक्नुहुन्छ
वा
तपाईं व्यक्तिगत काउन्सिलरहरूको लागि लाइनमुनि कोठाहरूलाई नम्बर लेख्न सक्नुहुन्छ । यदि तपाईं रेखामुनि मतदान गर्नुहुन्छ भने, तपाईंले आफ्नो छनौटको क्रममा रेखामुनिका प्रत्येक कोठालाई नम्बर दिनुपर्छ ।
आफ्नो मत कसरी हुलाकबाट पठाउने
- आफूले मतदान गरेको मतपत्रलाई मतपत्रको खाममा राख्नुहोस् (जसमा फ्ल्याप छ) र त्यसलाई बन्द गरेर ताँस्नुहोस् ।
- मतपत्र खाममा रहेको फ्ल्यापमा आफ्नो विवरण भर्नुहोस् ।
- बन्द गरेको मतपत्र खामलाई हुलाकबाट पठाउन तपाईंले यसलाई हुलाक टिकट नचाहिने खाममा राखेर पठाउनुहोस् ।
यसलाई सकेसम्म चाँडो फिर्ता पठाउनुहोस् । तपाईंको मतपत्र हुलाकमा हुनु पर्ने अन्तिम समय शुक्रवार 25 अक्टोबर साँझ 6 बजे हो। तपाईंको भोट समयमै हुलाकमा गएको सुनिश्चित गर्न तपाईंको स्थानीय मेलबक्समा कुन समयमा हुलाक संकलन गरिन्छ भनेर जाँच गर्नुहोस् ।
कसलाई मतदान गर्नु अनिवार्य छ?
तपाईंले मतदान गर्न नामाङ्कन गरिसकेपछि तपाईंले मतदान गर्नैपर्छ । यदि तपाईंले मतदान गर्नुभएन भने र यदि तपाईंसँग उपयुक्त कारण छैन भने तपाईंले $99 जरिवाना तिर्नुपर्ने हुनसक्छ।
प्रत्येक भोट गणिन्छ र तपाईंको भोटले महत्त्व राख्छ । प्रत्येक चुनाव तपाईंको लागि तपाईंले चासो राख्ने मुद्दाहरूमा कसले प्रतिनिधित्व गर्छ भन्ने कुरा बताउने मौका हो ।
चुनावको समयमा बाहिर भएमा
यदि तपाईं सोमबार 7 र शुक्रबार 25 अक्टोबरको बीचमा आफ्नो सधैंको ठेगानाबाट टाढा हुनुहुनेछ भने तपाईंले अझै पनि काउन्सिलको चुनावमा मतदान गर्न सक्नुहुन्छ ।
तपाईं या त:
- हामीलाई तपाईंको मतपत्र प्याक फरक ठेगानामा पठाउन भन्नुहोस् । हामीसँग बुधबार 7 अगस्ट मा यसको लागि अनलाइन फाराम हुनेछ ।
- बिहीबार 19 सेप्टेम्बर र शुक्रबार 25 अक्टोबरबीचको हप्ताको दिनमा आफ्नो काउन्सिलको निर्वाचन कार्यालयमा मतदान गर्नुहोस् । आफ्नो काउन्सिलको निर्वाचन कार्यालय खोज्नुहोस् ।
हामीलाई थाहा दिनुहोस् कि तपाईं बाहिर हुनुहुन्छ
यदि तपाईं सोमबार 7 र शुक्रबार 25 अक्टोबरको बीचमा भिक्टोरियाबाट बाहिर हुनुहुनेछ र निर्वाचन कार्यालयमा मतदान गर्न वा तपाईंको मतपत्र प्याक अर्को ठेगानामा पठाउन सक्नुहुन्न भने, तपाईंले हामीलाई बताउन सक्नुहुन्छ ।
यसको मतलब यो हो कि हामीलाई थाहा छ कि तपाईं बाहिर हुनुहुन्छ र मतदान गर्न सक्नुहुन्न ।
03 9209 0163 मा दोभाषेसँग कुरा गर्नको लागि फोन गर्नुहोस् ।
तपाईंले आफ्नो नामांकन जानकारी जाँच गर्दा भिक्टोरियाबाट बाहिर को फाराम (Away from Victoria form) (अंग्रेजीमा) पनि भर्न सक्नुहुन्छ ।
VoterAlert (मतदाता सूचना)
VoterAlert निर्वाचन सम्झाउने एक नि:शुल्क एसएमएस र इमेल सेवा हो । तपाईंले निर्वाचनको बारे अद्यावधिक जानकारीहरू र मतदान रिमाइण्डरहरु (अंग्रेजीमा) प्राप्त गर्न सक्नुहुन्छ ।
VoterAlert को लागि दर्ता गर्नुहोस्
चुनावमा उठेका उम्मेदवारहरू
तपाईंले सोमबार 9 सेप्टेम्बर देखि आफ्नो क्षेत्रमा चुनावमा उठेका उम्मेदवारहरूलाई हेर्न सक्नुहुन्छ (अंग्रेजीमा) । हामी तपाईंलाई तपाईंको मतपत्र प्याकको साथ मतदान गर्नको लागि उम्मेदवारहरूको छनौटको लागि एक पुस्तिका पनि पठाउनेछौं ।
चुनावमा उठ्नुहोस्
यदि तपाईं चुनाव लड्न चाहनुहुन्छ भने, तपाईंले मनोनीत हुनुपर्छ । तपाईंले मनोनयन गर्नुअघि नियमहरू बुझ्न आवश्यक छ ।
यी नियमहरूको बारेमा थप जान्नको लागि दोभाषेसँग कुरा गर्न 03 9209 0163 मा फोन गर्नुहोस् ।
उम्मेदवारी दिन लागि नामाङ्कन सोमबार 9 सेप्टेम्बरको बिहान 9 बजे खुला हुनेछ ।यो मंगलबार 17 सेप्टेम्बर दिउँसो 12 बजे बन्द हुन्छ।
निर्वाचनमा उठ्नेबारेमा थप जानकारी पाउनुहोस् (अंग्रेजीमा) |
यदि तपाईंले मतदान गर्नुभएन भने
यदि तपाईं मतदाता नामावलीमा हुनुहुन्छ र तपाईंले मतदान गर्नुभएन भने, तपाईंले चुनावपछि हामीबाट तपाईंले स्पष्टीकरण पत्र प्राप्त गर्नुहुनेछ । यो कुनै जरिवाना होइन, तर तपाईंले हामीलाई जवाफ दिनु महत्त्वपूर्ण छ । तपाईंले फाराममा मत नहाल्नुको कारण लेख्नुहोस् र हामीलाई फिर्ता पठाउनुहोस् ।
यदि तपाईंले पत्र फिर्ता पठाउनुभएन भने, वा तपाईंसँग मतदान नगर्नुको उपयुक्त कारण छैन भने, तपाईंले $99 जरिवाना तिर्नु पर्ने हुन सक्छ ।
थप जानकारी
यदि तपाईंसँग 2024 को स्थानीय काउन्सिलको चुनावको बारेमा प्रश्न छ भने, दोभाषेसँग कुरा गर्न 03 9209 0163 मा फोन गर्नुहोस् ।